अब सौराहाको मुख्य सडक छेउमा यस्तो नियम लागु हुँदै

चितवन । तेस्रो पर्यटकीय नगरी सौराहाको मूख्य सडक छेउमा सेकुवा पोल्न र पार्किङ गर्न नपाइने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन, रत्ननगरनगरपालिका र स्थानीय व्यवसायीको छफलछफले हिजो ९बुधबार०सो निर्णय गरेको थियो ।

पछिल्लो समयमा सौराहको मूख्य सडकको छेउमा सेकुवा पोल्ने र पार्किङ गर्ने क्रम बढेपछि प्रहरीले यो कार्य नगर्न सबैलाई आग्रह गरेको छ ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सडक छेउमा सेकुवा पोल्दा सौराहाको बारेमा नकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।

उहाँले सौराहालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन यहाँका संस्कृतिसँग सम्बन्धी वस्तुहरु प्रर्दशन तथा विक्री गर्न व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले सौराहको सन्दर्यातालाई असर पार्ने गतिविधि गर्न नपाइने बताउनुभयो ।

उहाँले बिहीबारदेखि सडक छेउमा सेकुवा पोल्ने र जथाभावी पार्किङ गरेको पाए कडा कारबाही गरिने जानकारी दिनुभयो ।मल्लले भ्रमण वर्षलाई सफल बनाउन सबै व्यवसायीहरु एकजुट भएर अगाडि बढेर विश्वमा सौराहाले नयाँ सन्देश दिनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय चितवनले नेपाल पर्यटन वर्ष २०२० लाई लक्ष्ति गर्दै चितवनका पर्यटकीय स्थानमा सुरुक्षा व्यवस्था कडा पार्ने काम सुरु गरेको छ । चितवनका पर्यटकीय क्षेत्रलाई सुरक्षित छ भन्ने सूचना दिन यो कार्य एक महिनाअघि देखि विषेश टोली परिचालन गरिएको छ ।