सरकारबाट नबाहिरिदै समाजवादी पार्टी

काठमाडौँ । समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ ।

शनिबार अबेर सम्पन्न पदाधिकारी बैठकले सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।
मन्त्रिमण्डल पुनर्गठनका क्रममा सो पार्टीका एक राज्यमन्त्रीको पद जानुका साथै उपेन्द्र यादवको मन्त्रालय फेरबदल भएपछि पार्टीभित्र सरकारबाट बाहिरिने कि बसिरहने भन्नेमा मतमतान्तर भएको थियो ।

सोही मतमतान्तरका बीच आफ्नो एजेण्डा सरकारमै परेर स्थापित गर्ने उद्देश्यका साथ तत्काल सरकारबाट नबाहिरिने निर्णय भएको हो ।

बैठकले सरकारसँग दुईबुँदे सम्झौता कार्यान्वयनका सन्दर्भमा छलफल गर्न ४ सदस्यीय कार्यदल गठन पनि गरेको छ ।

कार्यदलमा उपेन्द्र यादव,बाबुराम भट्टराई,अशोक राई र राजेन्द्र श्रेष्ठ रहेको पार्टीका नेता डा शिवजी यादवले जानकारी दिए ।