काठमाडौंबाटै अवैध लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ बालकुमारी पुलबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक चन्द्रोदयपुर गाउँपालिका ५ ठेगाना भएका २४ वर्षीय धन बहादुर वाइवा र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ ठेगाना भएकी ३६ वर्षीया सुनिता गोले रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले वाइवाको साथबाट बुप्रेनोर्फिन नूफिन १ हजार ५ सय ६४ एम्पुल, डाइजेपाम १ हजार ४ सय ८७ एम्पुल, फेनारगन १ हजार ५ सय ७० एम्पुल र गोलेको साथबाट नाइट्राजेपाम ५ हजार ५ सय ५० ट्याब्लेट फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।