श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि, करोडौँ बचत

सरकारले पुनः श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि सुरु गरेको ६ महिनाको अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेका छन् ।

काठमाडौँ केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लगायतसहित ६० करोड रुपैयाँभन्दा बढी बचत भएको देखिन्छ ।

काठमाडौँ आउँदा प्रतियुवा अतिरिक्त खर्च १० हजारले हिसाब गर्दा सो रकम बचत भएको अनुमान छ । वैदेशिक रोजगारीबाट बिदामा आएर पुनःप्रदेश गर्ने युवाले श्रम स्वीकृतिका लागि हजारौं खर्च गर्ने बाध्यता अन्त्य गर्न काठमाडौँ बाहिरबाट समेत पुनः श्रमस्वीकृतिको लागि तोकिएका ५ वटा कार्यालयहरुको सो संख्यामा युवाले सेवा लिएका हुन् ।

यो सुविधा विस्तारसँगै प्रतिश्रमिक काठमाडौँ आउँदा हुने अनुमानित १० हजार रुपैयाँका दरले हिसाब गर्दा सो लगानी बचत भएको देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।