सुनचाँदीको बजारमा गिरावट, मुल्य ओरालो !

काठमाडौं । आज (मंगलबारं) नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार छापावाल सुन ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार र सोमबार तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज नेपाली बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।