गमबहादुर र रुकमायाको ‘ओई सानु’मा बिमल र साया भण्डारीको मष्ती

काठमाडौं । लोक तथा दोहोरी गायक गमबहादुर न्यौपाने र गायिका रुकमाया वाडाको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीत ‘ओई सानु’ दर्शक तथा श्रोतामाझ आएकोे छ। गीतको लय, शब्द, स्वर, तथा भिडियो निर्देशन गायक स्वयं न्यौपानेको रहेको छ ।
जसमा अर्जुन खडकाले सम्पादन गरेका छन् । मोती मगरले क्यामेरा चलाएका छन् ।

म्युजिक स्टोर नेपाल प्रालिले दृश्य निर्माण गरेको सो गीत भावना म्युजिक सोलुसनमार्फत बजारमा आएको हो । म्युजिक भिडियोमा बिमल अधिकारी, साया भण्डारी, मिङ्ग मिङ्ग र बालकलाकार द्धय साम्भवी न्यौपाने र अन्जना शाक्यको उत्कृष्ट्र अभिनय रहेको छ।