राष्ट्रबैंकको चन्द्रागिरि बैठकः जुसको नाममा रक्सीको खोलो

अन्य बैंक तगथा वित्तीय संस्थालाई संस्थागत सुशासन र कर्मचारी व्यवस्थापनको निम्ति चुस्त जनशक्ति योजना तथा रणनीति बनाउन पटक–पटक निर्देशन दिने नियामक निकाय नेपाल राष्ट्र बैंक स्वमय् पूर्ण जनशक्ति योजनाको अभावमा रहेको देखिन्छ ।

मंसिर पहिलो साता बीसौं लाख खर्चेर चन्द्रागिरि हिल्समा आयोजना गरिएको कार्यक्रमले बैंकले जनशक्ति योजनाको निर्माणमा गरेको खर्च र प्राप्त गरेको उपलब्धीलाई तुलना गर्दा ‘लुटको धन, फुपुको श्राद्ध’ भएको सहभागी एकजना निर्देशकले बताए । बैंकले जनशक्ति योजना तर्जुमाको नाममा पछिल्लो डेढ दशकमा झण्डै एक रोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको बताएको छ ।

मंसिर ६ र ७ गते चन्द्रागिरिमा आयोजना गरिएको कार्यक्रममा जनशक्ति योजना तर्जुमाको लागि आवश्यकभन्दा अनावश्यक कर्मचारीको सहभागीता झण्डै तीनगुणा बढी रहेका पनि स्रोतले बताएको छ । कार्यक्रममा प्रतिव्यक्ति २१ हजार रुपैयाँको खर्चमा एकसय जनाको सहभागीता गराइएको थियो । जस अनुसार एक रातको लागि २१ लाख रुपैयाँ खर्च गरिएको थियो ।

तर सहभागी कर्मचारी भने फोटो सेसनमै मस्त देखिन्थे । पहिलो दिन ६ गते बेलुकी आयोजित रात्री भोजमा उपलब्ध गराइएका मदिराको लागि थप एक लाख रुपैयाँ पनि खर्च गरिएको थियो । पूचलित नियम र कानुनले नेपाली अधिकारीहरू मात्र सहभागी हुने कार्यक्रम र रात्री भोजमा मदिरा उपलब्ध गराउन नमिल्ने भएकाले बैंकले जुसको नाममा महँगो रक्सी खरिद गरेर सहभागीलाई मदहोस बनाएको कार्यक्रममा सहभागी एक जनाले बताए ।

तर, बैंकका सञ्चालक समितिका सदस्यको संयोजकत्वमा गठन गरिएको समितिले लाखौं रुपैयाँ खर्च गरेर बनाइएको भनिएको जनशक्ति योजनाको ड्राफ्टमा कर्मचारीको सेवा प्रवेश र अवकाश सम्बन्धमा ठोस व्यवस्था नगरिएकोमा सहभागीहरूमध्ये केहीले रोष प्रकट गरेको स्रोतले जनाएको छ ।

यता सरकारले नयाा संघीय निजामती ऐनमा अवकास सम्बन्धी व्यवस्थालाई ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउने बताएको छ । तर केन्द्रिय बैंकले योजना तर्जुमा गर्न लागेको जनशक्ति योजनामा भने सरकारको उक्त योजनाको बारेमा केही बताइएको छैन ।

बैंकले आगामी केही वर्षसम्म कस्तो जनशक्ति विज्ञापन गर्ने, बहालरत कर्मचारीको बढुवा र सरुवाो स्सष्ट खाका कोर्ने तथा आन्तरिक र बाह्य तालिमको लागि आवश्यक जनशक्ति योजना बनाउन आवश्यक गृहकार्य गर्ने कार्य दुई दशकअघि तत्कालीन गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको कार्यकालबाट सुरु गरेको थियो ।

बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जंगबहादुर राणाको संयोजकत्वमा उक्त योजना तर्जुमाको लागि कमिटी नै गठन गरिएको थियो । राणा कमिटीले तत्कालीन व्यवस्थापनलाई आवश्यक निर्देशन र सुझावसहितको जनशक्ति योजनाको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन पनि हालसम्म कार्यान्वनयनमा नआएको एकजना पूर्व गभर्नरले बताए । दृष्टि साप्ताहिकबाट