गोकर्ण विष्ट हेलिकप्टर लिएर बागलुङ पुगे, जिप दुर्घटनाका घाइते काठमाडौं ल्याइदै

काठमाडौं । नेपाल कम्युनष्टि पार्टीका नेता एवं निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट जिप दुर्घटनाका घाइते लिन बागलुङ पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्रका नागरिक दुर्घटनामा परेपछि नेपाली सेनाको हेलिकप्टर लिएर विष्ट घटनास्थल पुगेका हुन् ।

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसीखोेला जाँदै गरेको जिप दुर्घटना हुँदा बिहान १४ जनाको मृत्यु भएको थियो । घाइते तीन जनाको उद्दारका लागि गुल्मी(२ का सांसद विष्ट बुर्तिबाङ पुगे ।

घाइतेलाई अहिले काठमाडौं ल्याइदैछ । घाइतेको काठमाडौंमा रहेको त्रिभुवन विश्व विद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुने विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।