शहीद स्मारक ए डिभिजन लिग: थ्रीस्टार र जाउलाखेल बराबरीमा

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा टुङ्गिएको थियो । निर्धारित समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा एक एक अङ्क बाँडिएको थियो ।