प्रहरीको घेरा तोड्दै सात तले घरबाट भागेका चिनियाँहरु

 

नेपाल प्रहरीले गत सोमबार एक सय २२ जना नेपालमा बसी विभिन्न अपराधमा सकृय चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरु नेपालमा बसी विभिन्न अपराधिक कार्यमा सकृय हरेको भन्दै चीनले पक्राउका लागि नेपाल प्रहरीसँग सहयोग मागेपछि उनीहरुलाई पक्राउ गरेको हो । तर, त्यहाँ छापा मार्दा उम्किएर भागेका अन्य चिनियाँ नागरक कहाँ गए भनेर यकिन नभइरहेको बेला उनी गएको ठाउँ पत्ता लगाएको छ ।
महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं परिसरको टोली आइतबार बिहानै छापा मार्न काठमाडौको मनमैँजुमा रहेको सात तले पुगेका थिए । त्यस साततले घरलाई घेरा हाल्न पुगेको थियो। सम्भावित सबै घटनालाई मध्यनजर गर्दै प्रहरी तयारी अवस्थामा थियो।

पक्राउ गर्न गएको प्रहरीको आँखा छल्दै भागेका चिनियाँहरु सहिद गङ्गालाल हृदयरोग केन्द्र अस्पताल पछाडिको सेल्टरमा शरण लिन पुगेको सुक्ष्म अनुसन्धानबाट पत्ता लागेको छ । उच्च श्रोतका अनुसार बाँसबारीस्थित नेपाली सेनाको रिपुमर्दनी स्कुल र गंगालाल हृदयरोग केन्द्रको बीचमा रहेको एक तिब्बतीयनको घरमा आश्रय लिएको तथ्य खुलेको हो । उनीहरुले त्यस घरलाई आकस्मिक आश्रयस्थल बनाएका छन् । यसअघि सो घरमा अल्टरनेटिभ फर्निचर तथा युपीभिसी झ्यालढोका कारखाना रहेको थियो । महिना दिन अगाडि सो कारखाना भाटभटेनी नजिक सरेपछि उक्त भवन खाली रहेको थियो ।
श्रोतका अनुसार यसरी शंकास्पद चिनियाँहरु उक्त घरसँगै पश्चिमपट्टीका आसपासका घरमा छिर्न गएका छन् । नेपालमा बसेर साइबर क्राइम, मनी लाउण्डिङ सम्बन्धि संगठित अपराध गरिरहेका चिनियाँ नागरिकलाई प्रहरीले छापामारी पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसी पुरुष भए महिलाले र महिला भए पुरुषले फसाउँदै आएका थिए । यसरी भगौडामध्ये ४०–५० जना त्यहाँ रहेको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै हाम फाल्दा जोगाउन जालदेखि मेडिकल टोलीसमेत तयार थियो। लगभग ८ बजे त्यहाँ पुगेको प्रहरी टोली तब छक्क पर्योभ, जब घरको मूलगेटमा भोटे ताल्चा लगाइएको थियो। यसरी लगाईएको ताल्चा प्रहरीले घनले हानेर भोटे ताल्चा त फोर्यो तर घरमा कोही मान्छे थिएनन् तर उनीहरुका सबै सामान थिए।

वरिपरि बुझ्दै जाँदा प्रहरीले ‘अघि एकछिनसम्म चाइनिजहरु धमाधम’ निस्किएको सूचना पायो। अनि पहिलादेखि रेकी गरिरहेको वरिपरिका घरमा प्रहरीले छापा हान्यो जहाँबाट ७३ जना चिनियाँ पक्राउ परे। प्रहरीले पछि थाहा पायो– त्यस दिन उनीहरुलाई विदा दिइएको रहेछ।

‘त्यस साततले घरमा मात्र २र३ सय चिनियाँ रहेको सूचना हामीलाई थियो तर उनीहरु कोही पनि भेटिएनन्। प्रहरीका अनुसार चिनियाँले त्यस घरलाई मासिक १२ लाख रुपैयाँ तिर्नेगरी भाडामा लिएका थिए। चिनियाँ सरकारले आफ्ना नागरिक नेपालमा बसेर सिमापार साइबर अपराध गरिरहेको सूचना दिएपछि नेपाल प्रहरीले अप्रेसन अगाडि बढाएको थियो।