बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा अदालतभित्र, बाहिर निषेधाज्ञा, धर्ना र आन्दोलन जारी

सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबाको थुनछेक बहसमा हुलहुज्जत हुने भएपछि अदालत बाहिर अहिले निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबार अदालती बयान सकिएको गिरीको थुनछेक सुरु हुन लाग्दा निषेधाज्ञा जारी गरिएको हो ।

शुक्रबार अदालतले बयान लिन क्रममा देखिएको धर्ना कार्यक्रम आज पनि अदालतमा देखिएको छ ।

सिद्धबाबाको पक्ष र विपक्षमा आन्दोलन भएका छन् । आज पनि अदालत बाहिर हरेराम भजन सहित सिद्दबाबाका पक्षका मानिसहरु धर्नामा छन् भने महिला सञ्जालको समूहले छुट्टै प्रदर्शन गरीरहेको छ ।

गाडी नै रिजर्भ गरेर सिद्धबाबाका समर्थकहरु दशै बजे अदालत बाहिर पुगेका थिए । प्रहरीले कृष्ण बहादुर गिरीलाई ११ बजे एम्बुलेन्सबाट अदालतमा हाजिर गराएको छ ।

गिरलिाई बिराट नर्सिङ होमबाट एम्बुलेन्समा अदालत ल्याइएको हो । अहिले अदालत बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।