सन् २०१९ मा चीनमा थप १६ मुलुकबाट मासु आयात

बेइजिङ, (रासस/सिन्ह्वा)– चीनले आयातको लागि स्रोतहरूलाई विविध मुलुकसँग जोड्नका लागि सन् २०१९ मा थप १६ मुलुकबाट मासु आयात गरेको चीनको सामान्य भन्सार प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार पहिलो एघार महिनामा चीनले कूल ५० लाख ४९ हजार टन मासु आयात गरेको र यो गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो । चीनले नोभेम्बरमा मात्र छ लाख ४४ हजार टन मासु आयात गरेको थियो । यो गत वर्षको सोही महिनाको तुलनामा ८२ प्रतिशत बढी हो । आयात हुने वस्तुको गुणस्तरीयता र सुरक्षालाई प्रत्याभूत गर्न चिनियाँ भन्सार कार्यालयले परिवहनमा नियन्त्रण र संशोधनको नीति लिएको हो । यसबाट मासुमा आफूलाई एकै देशमा आश्रित नबनाउने नीतिलाई पनि अख्तियार गरेको देखिन्छ ।

विभिन्न मुलुकबाट आयात गर्दा बदलामा चीनले ती मुलुकमा आफ्ना अन्य सामानलाई निर्यात गर्ने र चिनियाँ सामानको बजार पनि विस्तार गर्ने नीति लिएको देखिन्छ । चीनले विभिन्न एशियाली तथा अफ्रिकी मुलुकहरूमा आफ्नो आयात तथा निर्यातमा सन्तुलन कायम गर्न पनि यो रणनीति लिएको हो ।

जनवरीदेखि नोभेम्बरसम्ममा भन्सारले विभिन्न कृषिजन्य उत्पादनको चोरी पैठारीका ७४३ घटनाले अनुसन्धान गरेको थियो । यसबाट चीनले चार अर्ब ६३ करोड अमेरिकी डलर बराबर राजस्व चुहावटलाई नियन्त्रण गरेको छ ।