चीनले मुख खोल्योः अन्तर्राष्ट्रिय मान्यता विपरीत अमेरिकाले सुलेमानीको हत्या गर्यो

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान जाने गरी अमेरिकाले गरेको आक्रमणप्रति चीनले विमति जनाएको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरीत भएको बताएका छन् ।

प्रवक्ता जेङ सुआङले सोमबार एक वक्तव्य प्रकाशित गरी भनेका छन्, चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति सुरक्षा खलबलिन नदिन उचित कदम चाल्नेछ ।

उनले इरानले बाह्य दबावमा भए पनि न्यूक्लियरसम्बन्धी सम्झौता पालन गर्दै आएको स्मरण गराए। इरानले संयमता प्रदर्शन गर्दै सम्झौता उल्लंघन नगर्ने राजनीतिक इच्छा प्रकट गर्दै आए पनि सुआङले उल्लेख गरे ।

अमेरिकाले ट्रम्प सत्तामा आएसँगै उक्त सम्झौताबाट हात झिकेको थियो । सुआङले, स्पष्ट शब्दमा, अमेरिकाले हिंसात्मक कदम उठाएर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता उल्लंघन गरेको बताए । जहाँसम्म अन्तर्राष्ट्रिय मामिलाको कुरा हो ।

चीन जहिल्यै हिंसात्मक कारबाहीको विपक्षमा छ उनले भने, हिंसाले समाधान दिँदैन । न्यूक्लियर मामिलामा सबै पक्ष निष्पक्ष र इमान्दार छलफलका लागि तयार हुनुपर्छ। त्यो नै समाधानतर्फको प्रस्थानबिन्दु हुनेछु, सुआङलाई उधृत गर्दै ग्लोबल टाइम्सले समाचार लेखेको छ ।