ईरानी संसदबाट परितः अमेरिकी सेनालाई आतंकारी घोषणा, अब के होला ?

सुलेमानी हत्याको बदलामा इरानले अमेरिकी सैन्य अखडामाथि मिसायल आक्रमण गरिसकेपछि अब परिस्थिति निकै जटिल बनेको छ ।

इरान वा अमेरिकाले युद्धको विगुल फुकेमा इरानमा त त्यसको गम्भीर असर पर्ने नै छ । यसबाट अमेरिकाले समेत नोक्सानी ब्यहोर्नुपर्ने हुन सक्छ ।

सन् २००१ देखि हालसम्म मध्यपूर्वका विभिन्न देशहरुमा भएको युद्धका लागि मात्रै अमेरिकाले ५।९ ट्रिलियन डलर खर्च गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिलेको अवस्थामा इरानसँग युद्ध छेडियो भने अमेरिकालाई यही हाराहारीमा खर्च हुने सम्भावना औंल्याइएको छ । त्यसैले अमेरिकाले पनि तत्काल युद्ध छेड्ने अवस्था देखिँदैन ।

अहिले इरानको पक्षमा चीन र रसियाजस्ता दुई शक्तिशाली राष्ट्रहरु छन् । चीनरइरान सम्बन्धको सबैभन्दा महत्वपूर्ण पक्ष बेइजिङको तेल आयात हो । सेप्टेम्बर २०१७ देखि सेप्टेम्बर २०१८ सम्ममात्रै चीनले इरानबाट प्रतिदिन कम्तिमा ६ लाख ३० हजार ब्यारेल तेल आयात गरेको थियो । यस्तै, विभिन्न लगानी र सहयोगका कारण पनि चीन र रसियासँग इरानको सम्बन्ध राम्रो छ ।

अब इरानले के गर्ला भन्ने बारेमा विश्व जिज्ञासु बनेर हेरिरहेको छ । बदलाको घोषणा गरिसकेको इरानले सीधै अमेरिकामा नै आक्रमण छेड्छ या त अमेरिकाको सहयोगी अरु देशहरुमा आक्रमण गर्छ रु भन्ने चासो धेरैमा छ । मंगलबार संसदबाट समेत अमेरिकी सेनालाई आतंकारी घोषणा गरेपछि र मंगलबार रातिको मिसायल आक्रमणपछि झनै इरानको थप हमलाबारे चासो बढेको हो ।

इरानी आक्रमणबारे इजरायलले धेरै पहिलेदेखि आशंका जनाउँदै आएको छ । आर्थिक हिसाबले पनि अहिले अमेरिकाले इजरायलमा ४९ अर्ब डलरको लगानी छ । त्यस्तै, इजरायलीहरूको संयुक्त राज्य अमेरिकामा २४ अरब डलरको लगानी छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले साउदी अरब, इजरायल र युएई जस्ता देशहरुमाथि आक्रमण गर्ने, अमेरिकी उच्च कूटनीतिक अधिकारीहरुको हत्या गर्ने, साइबर हमला गर्ने वा अमेरिकी तेल ट्यांकरमाथि आक्रमण गर्न सक्ने सम्भावित बाटोहरुको बारेमा बहस सुरु भएको छ ।

अमेरिकाले सुलेमानीको हत्यापछि आफ्ना उच्च अधिकारीको हत्या गर्न लागेकोले आफूले उनको हत्या गरेको बताएको थियो । यसले पनि अमेरिकी उच्च कूटनीतिक अधिकारीहरु इरानबाट असुरक्षित रहेको पुष्टि हुन्छ ।

त्यस्तै, विश्वको सबैभन्दा व्यस्त मानिने समुद्री रुट ‘स्टेट अफ हर्मुज’मा इरानले अमेरिका वा उसका सहयोगी मुलुकको जहाजमाथि आक्रमण गर्न इरानलाई धेरै सहज छ । त्यहाँ अवरोध सिर्जना गर्ने, मिसाइल प्रहार गर्ने, कब्जा गर्नेलगायतका काम समेत इरानले गर्नसक्ने आँकलन गरिएको छ । त्यसैले पनि अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार इरानका ५२ स्थान निशानामा रहेको भन्दै संयमता अपनाउन इरानलाई चेतावनी दिँदै आएका छन् । –एजेन्सीको सहयोगमा