महिलाको कपालमा हस्तमैथुन गरेर भिडियो खिच्ने युवक पक्राउ

काठमाडौं– सार्वजनिक बसभित्र हस्तमैथुन गरेर महिलाको कपालमा छर्ने युवक एक वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले रविन सार्कीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । चितवनबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा दिएको जाहेरीको आधारमा घटनामा संलग्नको खोजी कार्य भइरहेको थियो ।

भरतपुर महानगरपालिका–२४ स्थायी घर भएका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले उक्त घटना घटाएको प्रहरी समक्ष बयान दिएका छन् । साथै, उक्त भिडियो उनी आफैंले खिचेको पनि बयानमा उल्लेख गरेका छन् ।

बिगत ३ वर्षदेखि काठमाडौंको बानेश्वरमा बस्दै आएका रबिनले रिक्सा चलाउने काम गर्दै आएका थिए । एसएसपी थापाका अनुसार घटना लगत्तै भारत भागेका रबिनले दिल्लीमा रहेको एक मोमो फ्याक्ट्रीमा ३ महिना काम गरेका र त्यहाँबाट भारतकै कास्मिर गई त्यहाँ पनि ४ महिना बसेर पुनः दिल्ली गई ३÷४ महिना अगाडि मात्रै दिल्लीबाट चितवन आएका थिए ।
सो भिडियो भाइरल भएपछि प्रहरीले बिशेष अनुसन्धान टोली बनाएर छानबिन गरेको थियो । एक वर्षपछि प्रहरीले सफलता पाएको हो ।