कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

गोरखा नगरपालिका ८ बस्ने ५९ वर्षीय गोपाल उपरकोटी र सोही गाउँपालिका ६ पोखरी थोक बस्ने ५० वर्षीय रामबहादुर स्रिमलबीच एक आपसमा झगडा भई बुधबार दिउँसो कुटपिट हुँदा गोपाल उपरकोटीको मृत्यु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका गोपालको सोही ठाउँस्थित एपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने रामबहादुर स्रिमललाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।