विभिन्न स्थानमा सवारी दुर्घटना, आठ जनाको मृत्यु

तनहुँ,बारा, मोरङ, सप्तरी, कैलाली, चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीस्थित सडकमा बा.१ ग २११८ नम्बरको गाडी अनियन्त्रित भईसडकबाट करिब सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सशस्त्र प्रहरी सेनामुख बाग्लुङ दरबन्दीका प्रहरी जवान सन्दीप केसीकोमृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकोहो । दुर्घटनामा घाइते भएका अन्य २९ जना मध्ये २५ जनाको सोही अस्पताल र ४ जनाको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट देवघाट मेलाको सुरक्षार्थ खटिएको प्रहरीको टोली मेला समाप्त भए पश्चातउक्त गाडीमा पोखरातर्फ फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

बाराको महागढीमाई नगरपालिका २ स्थित सडकमा बुधबार दिउँसो बीआर०५ पीए ०५३५ भारतीय नम्बरको टेम्पोको ठक्करबाट भारत मोतीहारी बस्ने सुजित साहको ४ महिनाकी छोरी ज्योती साहको घटनास्थलमै मृत्यु भएको छ ।

ती शिशुलाई उनको हजुरआमाले बोकी हिँडेको अवस्थामा सो टेम्पोले ठक्कर दिँदा शिशु हातबाट खस्न गई घटनास्थलमै मृत्यु भएको हो । ट्याम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा कै महागढिमाई नगरपालिका ७ बेनौलीचोकस्थित सडकमा बुधबार साँझ बीआर०५ एएफ ३३३७ नम्बरको स्कुटरमा सवारभारत आदापुर थाना बेलदरवा बस्नेबिजय साहको ५ वर्षीय छोरा रिदम साहस्कुटरबाट अचानक खस्न गईअनटेस्ट ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।

दुबै सवारी साधनलाई नियन्त्रणमा लिनुका साथै फरार ट्याक्टरचालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी मोरङको बुढीगंगा गाउँपालिका ७ डंग्राहास्थित सडकमा बुधबार साँझ को.१३ प ४६९३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय छेतधर्नु खाँ थारूको बिराट मेडिकल अस्पताल टंकीमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका २ पतराहास्थित सडकमा बीआर३२ जेट ७५९९ नम्बरको मोटरसाइकललेबुधबार साँझ साइकललाई ठक्कर दिँदा साइकलयात्री सोही गाउँपालिका ६ बस्ने ६५ वर्षीय कुसुमलाल रामको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारको लागि धरानतर्फलैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको भजनी नगरपालिका ८ सुनाफाँटास्थित सडकमा से.१ प ९९३० नम्बरको मोटरसाइकलले बुधबार दिउँसोठक्कर दिँदा सोही ठाउँ बस्ने ६० वर्षीया टुन्टी चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनी हुँदै मेडिकल कलेज नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही नगरपालिका १ बस्ने ३० वर्षीय फुलराम चौधरीको टिकापुर कैलालीमा उपचार भइरहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको खैरहनी नगरपालिका १ तरकारीचोकस्थित सडकमा बिहीबार बिहान ना.७ ख ८१४१ नम्बरको ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम,थर,वतन नखुलेकाकरिब ३५ वर्षीय पुरुषको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेको पनौती नगरपालिका ५ ढलमलेस्थित सडकमा बुधबार साँझ प्रदेश ३-०२-००१ प ०४७७ नम्बरको मोटरसाइकलको ठक्करबाट ललितपुर ईमाडोल बस्ने ५० वर्षीय रामहरी देउजाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका देउजाको शिर मेमोरियल अस्पताल बनेपा हुँदै नागरिक अस्पताल गठ्ठाघरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले घाइतेहरूको उद्धार गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।