विमानस्थलमै बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्कियो

सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।

विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।

ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ । यता, विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो ।