यस्तो छ मानव तस्करीको नयाँ रुट, उड्छन् बाकु पुग्छन् दुबई

काठमाडौँ । पछिल्लो समय मानव तस्करमा सरकारले कडाई गरेपछि तस्करहरुले नयाँ रुट प्रयोग गरेर मानव बेचबिखन गर्ने गरेको पाइएको छ ।

पछिल्लो समय अजरबैजानका लागि लिइएको घरेलु कामदार कवेत युएई ओसार्ने सेटिङ बढेको पाइएको छ । एकमहिना यता नेपालबाट उडेका १ सय ४१ महिलामध्ये १ सय ३६ जना अजरबैजानको भिसा र श्रम स्वीकृति भएका तिनीहरु युएई ट्रान्जिटमै हराएको स्रोतले बतायो ।

कामदारले धेरै दुः ख पाउने भएपनि घरेलु कामदार पठाउन सजिलो देश कुबेत युएई नै हन् । सरकारले ०७२ सालदेखि प्रतिबन्ध लगाएकाले तस्करहरुले विभिन्न उपाय अपनाएर लैजाने गरेका छन् ।