नेपाल र अमेरिकाबीच लामो संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच काठमाडौंमा १ महिना लामो संयुक्त अभ्यास हुने भएको छ ।

सैनिक स्रोतका अनुसार शहरी विद्रोह नियन्त्रण, अन्तर्राष्ट्रिय मानवीय कानून र घाइतेहरुको उद्धारमा केन्द्रित रहेर नेपाल र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।

उक्त सैन्य अभ्यास काठमाडौं र नगरकोटमा हुने जनाइएको छ ।

सैन्य अभ्यासमा नेपाली सेनाका २६ जना सैनिक कर्मचारी सहभागी हुने तय भएको छ ।

यस्तै, अमेरिकी सेनाको तर्फबाट ९ जनाको हाराहारीमा सैनिक कर्मचारी सहभागी हुने सैनिक स्रोतले जानकारी दियो ।