यस कारण पूर्व राजा ज्ञानेन्द्र शाह भारत प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित भारत प्रस्थान गरेका छन् ।

पूर्व राजरानी आइतवार भारतको सिलिगुडीतर्फ प्रस्थान गरेका हुन् । सिलिगुडीमा रहेका आफन्तसँगको भेटघाटका लागि उनी त्यस तर्फ लागेका हुन् ।

पश्चिम बंगालको सिलिगुडी र सिक्किमको करिब साताव्यापी यात्राका क्रममा पूर्व राजारानीले दार्जिलिङ पनि भ्रमण गर्ने कार्यक्रम रहेको पूर्व राजाका सचिव डा फणिराज पाठकले जानकारी दिए ।

पूर्व राजा दार्जिलङमा आफूले अध्ययन गरेको विद्यालयमा जाने सम्भावना रहेको बताइएको छ ।