जुवाको खालबाट वडाध्यक्षसहित १६ जना पक्राउ

कैलालीको धनगढीबाट वडाध्यक्षसहित १६ जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३, का तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा आइतबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१०, का अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’समेत रहेको प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए । जुवाडेको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३, का धिरेन्द्र चन्द, बेलौरी नगरपालिका–१, का भुवन कुँवर, धनगढी–३, का तिलक अधिकारी र चन्द्रमणि अधिकारी धनगढी–१३, का रमेश खड्का, धनगढी–४, का खेमराज भट्ट, धनगढी–२, का जनक दौल्याल, गोदावरी–१०, का सन्देश तामाङ, गोदावरी–३, का मोहन खड्का रहेका छन् ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका–८, का अमित गुरु, बझाङको जयपृथ्वी नगरपालिका–१०, का प्रेमबहादुर सिंह, दशरथचन्द–४, का सुर्य भट्ट, बैतडीकै पुर्चौडी नगरपालिका–८, का कालुसिंह धामी, दार्चुलाको नौगाड गाउँपालिका–४, का जयसिंह धामी र महाकाली नगरपालिका–४, का मंगल ठगुन्ना रहेका प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध जुवा, कसुरअन्तर्गत कारबाही अगाडि बढाइएको उनले बताए ।