फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै गरि चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।