निवर्तमान उपसभामुख डा तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । निवर्तमान उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छन् ।

मंगलबार बसेको नेकपा सचिवालयले बैठकले तुम्बाहाङफेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

बुधबारदेखि शुरु हुन लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा नेकपाले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

नेकपा केन्द्रीय कमिटीको बैठक बुधबार बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा शुरु हुने कार्यक्रम छ ।

यद्यपि बैठकको बन्द सत्र भने बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने जनाइएको छ ।

तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी तुम्बाहाङफेले उपसभामुख निर्वाचित भएपछि संवैधानिक प्रावधानअनुसार दलीय आवद्धता त्योगेकी थिइन् ।

तुम्बाहाङफेले नेकपाकै आग्रहअनुसार उपसभामुखबाट राजीनामा दिएकी हुन् ।