समुदाय–प्रहरी साझेदारी अन्तर्गत प्रशंसापत्र वितरण

बर्दिया । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा प्रदान गरिएको प्रशंसापत्र बुधबार आयोजित एक कार्यक्रमबीच ठाकुरबाबा नगरपालिकालाई प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले उक्त प्रशंसापत्र सो नगरपालिकालाई प्रदान गरेका हुन् । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमको कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याए बापत उक्त नगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको हो ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख तथा ठाकुरबाबा नगरपालिकाका “समुदाय प्रहरी साझेदारी” समितिका संयोजक धननारायण श्रेष्ठ, उपप्रमुख कृष्ण कुस्मा थारु, प्रमुख प्रशासकिय अधिकृत चेत प्रसाद उप्रेती, ठाकुरबाबा नगरपालिकाका वडा अध्यक्ष, जनप्रतिनिधिहरु, समाजसेवी, भद्रभलादमी, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।