यौन शोषणको आरोपमा नेपाल प्रहरीका एसएसपी राणा निलम्बित

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एकजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई महिलामाथि यौन शोषण गरेको आरोपमा निलम्बन गरेको छ ।

मन्त्रालयले तत्कालीन अवस्थामा संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी सौरभ राणालाई निलम्बन गरेको हो ।

धरानकी एक महिलाको उजुरीमाथि प्रारम्भिक अनुसन्धानपछि राणालाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव केदारनाथ शर्माले जानकारी दिए ।

राणामाथि लागेको आरोपबारे विस्तृत रुपमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर निर्देशन दिइएको शर्माको भनाइ छ ।

गत कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।

ती महिलाले गृहमन्त्री रामबहादुर थापा ९बादल०, गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन् ।