सुनको मुल्य घट्यो, तोलाको कति ?

काठमाडौं । सुनको भाउमा सामान्य कमी आएको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन तोलाको ७६ हजार कायम छ । छापावाल सुन बिहीबार तोलाको ७६ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घट्दै ७५ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको ८ सय ९० कायम गरेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ८ सय ८० मा कारोबार भएको थियो ।