अष्ट्रेलियाको सिड्नीमा ‘कमेडी च्याम्पियन’

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित लिडकम वाईट पार्कमा आगामी अप्रिल ११ तारिखका दिन ‘कमेडी च्याम्पियन’ हुने भएको छ।

ह्याप्पी ईन्टर्टेन्मेन्टको आयोजनामा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘कमेडी च्यम्पियन’ शो का टप तीनसहित नेपालका चर्चित कमेडियन तथा उक्त कार्यक्रमका जज मनोज गजुरेल सहितको हाँस्यव्यङ्ग्य प्रस्तुती हुने भएको हो ।

कार्यक्रममा कमेडीका अलवा विभिन्न कल्चरल नृत्य बाल नृत्य स्थानीय कमेडियनको प्रस्तुती स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुति बिभिन्न बिधाका गायक तथा गायिकाको प्रस्तुति साथै साझ लाईभ ब्याण्डको प्रस्तुती रहनेछ। कार्यक्रम स्थलमा नेपाली परिकारका स्टल नेपाली उत्पादनका स्टल, शैक्षिक परामर्श दाता तथा विभिन्न कलेजका स्टल रहनेछन् ।

नेपाली समुदायका सबै वर्ग, विद्यार्थी पिआरको दौडमा कलेजको खोजिमा, घर जग्गाको खरिद बिक्री खोजिमा लागेकाका लागि सबै सूचना र उचित सल्लाह सुझाब एकै ठाउँबाट लिन मिल्ने व्यवस्था मिलाईएको आयोजक कम्पनीका डाईरेक्टर उद्धव पोख्रेलले बताए।

कार्यक्रमसँगै नेपाल भिजिट बर्ष २०२० लाई प्रवद्र्धन गरिने कुरा यस कार्यक्रमका वल्र्ड टुर म्यानेजर सन्तोष आचार्यले जानकारी दिए । कार्यक्रमबाट हुने आम्दानीको केहि हिस्सा महाबिर पुनको राराष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिने आयोजकले जनाएको छ।

कमेडी च्याम्पियन भनिएपनि कार्यक्रम हालसम्म अष्ट्रेलियामा भएका कार्यक्रमहरु भन्दा भन्दा भिन्न हुने र आयोजकले कार्यक्रमसँगै भिजिट बर्षलाई प्रवद्र्धन गर्ने उदेश्य राखेकाले आफुले स्पोन्सर गरेको कुरा रेस्ट रियल स्टेट का डाईरेक्टर प्रिन्सिपल सरोज प्रकाश पण्डितले बताए ।

कार्यक्रम मा अष्ट्रेलियाका नेपाली अगुवा तथा भिजिट नेपाल २०२० ओसियान संयोजक दिनेश पोख्रेल, एनआर एनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ महासचिव ज्ञानेन्द्र रेग्मी, पत्रकार महासंघ अष्ट्रेलिया शाखाका अध्यक्ष हेमन्त काफ्ले, अबर्न नेपालिज् कमिटीका अध्यक्ष अशोक उप्रेती पारामाटा नेपालिज् कमिटीका अध्यक्ष कृष्ण भट्ट लगायतले कार्यक्रमलाई आफ्नो ठाउँबाट पुर्ण सहयोग गर्ने भन्दै कार्यक्रम सफलताको लगि शुभकामना दिएका छन् ।

कार्यक्रमको मुख्य प्रायोजक सिड्नीमा स्थापित रेष्ट रियल स्टेट रहेको छ भने पावर प्रायोजकमा किङ्ग्स्टन ईन्स्टिच्युट अष्ट्रेलिया भिसा पार्टनरमा प्रमिस भिसा सर्भिस पिटिई नाटि प्रायोजक मा क्रियटिभ एजुकेशन, एजुकेशन पार्टनमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस कर्पोरेट पार्टनरमा प्यासिफिक कलेज अफ टेक्नोलोजी र इनोभेटिभ एसोसिएट गुरास ग्रोसरी सप्लायर्स, रेस्टुरेण्ट स्टलमा द भट्टि रेस्टुरेन्ट हिमालय फ्युजन क्याफे रहेका छन् ।

कार्यक्रमका सहयोगीको रुपमा मेन्टर एजुकेसन डिपिएस डिजाईन एण्ड सर्भिस, ईम्पेरिर कन्भेन्सिङ्ग, रेल्वय टेरेस्ट मेडिकल सेन्टर, सपोर्टरमा पारामाटा नेपालीज कम्युनिटी, अबर्न नेपालीज कमिटी, पोखरा समाज अष्ट्रेलिया चितवन समाज ग्राण्डभिल नेपालीज कमिटि म्याग्दी, जलजला परिवार मोना अष्ट्रेलिया तमु समाज अष्ट्रेलिया अबर्न नेपालीज फुटबल क्लब रहेका छन् ।