सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।