घाइते अवस्थामा गिद्ध फेला

लोपोन्मुख गिद्ध मंगलबार बिहान सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा घाइते अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय महेशबारीले घाइते अवस्थामा फेला पारेको सो गिद्ध डिभिजन वन कार्यालय लहान सिरहालाई बुझाइएको जनाएको छ ।

गम्भीर घाइते अवस्थामा भेटिएको गिद्धलाई डिभिजन वन कार्यालय सिरहामा राखिएको र औधषोपचार गरिने डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए ।

उक्त गिद्ध के कसरी घाइते भएको हो र कहाँबाट आएको हो भन्ने खुल्न नसके पनि बिजुलीको तारमा करेन्ट लागेर घाइते भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

लोपोन्मुख गिद्ध धेरै दिनपश्चात् देखापरेपछि गिद्ध हेर्न वन कार्यालयमा घुइँचो नै लागेको प्रमुख दासले बताए ।