विप्लव समूहका मूख्य चन्दा संकलक अर्जुन कटुवाल पक्राउ

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का लागि चन्दा शंकलन गर्ने मुख्य व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीको विशेष ब्यूरोको टोलीले विप्लव समूहको जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष अर्जुन कटुवालाई पक्राउ गरेको हो ।

विशेष ब्यूरो स्रोतका अनुसार कटुवाललाई कलंकीस्थित उनको निजी कार्यालयबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार कटुवाल विप्लव समूहका लागि चन्दा संकलन गर्ने मुख्य व्यक्ति हुन् ।

प्रहरीले उनको कोठाबाट विभिन्न व्यक्ति तथा संस्थाबाट चन्दा संकलन गर्नका लागि काटिएका रसिद र महत्वपूर्ण कागजात समेत बरामद गरिएको जनाएको छ ।

सिन्धुली स्थायी घर भएका कटुवालको काठमाडौंको चुनदेवीमा घर छ । उनी हेभी इक्विभमन्ट महासंघका सचिव समेत रहेका जनाइएको छ ।