हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको आग्रहः ‘२७ हजार कर्मचारीलाई बेतलवी बिदामा बस्‍नुस्’

हङकङ । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सले आफ्ना २७ हजार कर्मचारीलाई बेतलबी बिदामा बस्‍न आग्रह गरेको छ । एयरलाइन्सले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्ना सबै २७ हजार कर्मचारीलाई तीन साताका लागि मार्चदेखि जुनसम्म बेतलवी बिदामा बस्‍न आग्रह गरेको छ ।

ूनोभेल कोरोना भाइरसको प्रकोप बढेको र बजारमा ठूलो गिरावट आएकाले हामीले मंगलबार नै ठूलो संख्यामा कर्मचारीलाई बिदामा राख्‍ने निर्णय गरेका हौं,ू एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हाम्रो बिजनेसलाई सुरक्षित गर्न नगद जोगाउने कदम चालिएको हो । हामीले बिजनेसलाई बचाउन विभिन्‍न उपायहरु अपनाइसकेका छौं । आज हामीले हाम्रा कर्मचारीलाई विशेष बिदा स्किममा सहभागी हुन अनुरोध गरेका हौं ।

उक्त स्किम १ मार्चदेखि ३० जुनसम्मका लागि लागु हुनेछ । यस अवधिमा सबै कर्मचारीहरुलाई बेतलवी बिदामा बस्‍ने विकल्प छ,ू विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्याथे प्यासिफिक एयरलाइन्सले हङकङको राजनीतिक अस्थिरताका कारण विगत छ महिनादेखि नै व्यापार जोगाउन निकै संघर्ष गरिरहेको छ । हङकङको प्रजातान्त्रिक र सरकार विरोधी आन्दोलनका कारण हङकङमा पर्यटक आगमनको तथ्यांक नाटकीय निकै ओरालो लागेको छ । जसको प्रत्यक्ष घाटा अन्यसँगै क्याथे एयरलाइन्सले पनि व्यहोर्नु परेको छ । सीएनएन