भोलि २२० यात्रु लिएर जापानको नारिता उड्दै निगम, १८ जना निगमकै खर्चमा उड्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले २२० जना यात्रु लिएर सोमबारदेखि जापानको नारिता उडान सुरु गर्दैछ । निगमले सातामा तीनवटा काठमाडौं–नारिता–काठमाडौं उडान गर्न लागेको हो ।

निगमले सोमबार बिहान १ः२५ बजे जापानको नारिता उडान गर्नेछ । निगमको नारिता पहिलो उडान हो । नारिताबाट २६८ यात्रु लिएर स्वदेश फर्कने सहप्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

निगमले नारिता उडानमा एकतर्फी भाडा ३७ हजार र दुई तर्फी ७३ हजार तोकेको छ । निगमले एयरबस वाइड्वडीबाट सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

बिजनेस क्लासमा यात्रा गर्नेले यात्रुले प्रति व्यक्ति २५/२५ केजी का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ केजीका २ वटा व्यागेज सुविधा पाउने निगमले जनाएको छ ।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुलाई सुविधा हुनेछ । सिधा उडान भएकाले ट्रान्जिटको झन्झट नहुने भएकाले यात्रुलाई सहज हुनेछ ।