मनमोहक साधुटार (फोटो फिचर)

राँके (पास)–फिदिम सदरमुकामबाट करिब २७ किलोमिटर पूर्वोत्तर दिशामा रहेको साधुटारमा पूर्वका इलाम, झापा, धनकुटा लगायतका ठाउँबाट घुम्न आउनेको संख्या दिनदिनै बढ्न थालेको छ।

मेची राजमार्गस्थित पौवाभञ्याङदेखि करिब २ किलो मिटरको दूरीमा अवस्थित साधुटार केही युवाले यहाँको तस्बिर फेसबुकमा अपलोड गरेपछि चर्चामा आएको हो ।

त्यसपछि उक्त तस्बिर भाइरल भएसँगै यो स्थान एकाएक चर्चामा आएको छ। अहिले सो क्षेत्रमा दैनिक सयौंको संख्यामा युवा युवति पुग्ने र फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने गरेका छन् ।

उक्त स्थानमा पुगेर समाजिक सञ्जालमा सार्वजनिक गरिएको केही फोटोहरु यस्तो छ ।