राष्ट्रिय गीतः ‘ए झण्डा’

काठमाडौं । पछिल्लो समयमा राष्ट्रिय भावका गीतहरू अत्यन्तै थोरै सार्वजनिक भएको समयमा गीतकार रमेश दाहालको गीत रचना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठक सङ्गीत तथा प्रसिद्ध गायक रामकृष्ण ढकालको स्वरमा एक उत्कृष्ट राष्ट्रिय भावको गीत गोल्डेन क्रियशनबाट सार्वजनिक गरिएको छ ।

ए झण्डा तिमी सधैँ फर्फराउनु
मरिजाउँला म त यसै उसै ।
तिमी सँधै मुस्कुराउनु
तिमी सधैँ लहराउनु ।।

गीति लेखनमा गीतकार रमेश दाहाल निरन्तर लागिरहेका छन् भने एक पछि अर्को उत्कृष्ट सङ्गीत सिर्जना गर्दै आएका सङ्गीतकार सन्तोष श्रेष्ठका थुप्रै गीत स्रोता माझ चर्चित छन् । रामकृष्ण ढकाल आधुनिक गायनमा विशिष्ट मानिन्छन् ।

विभिन्न देशका सयौँ झण्डाहरुबीच नेपाली राष्ट्रिय झण्डाको गरिमा सधैँ उच्च हुनुपर्छ भनिएको छ । झण्डाहरुको माझ नेपालको झण्डा सधैँ उच्च रहनुपर्छ र यसले नेपालको सम्पूर्ण भूगोल समेटेर राख्नुपर्छ ।

नेपाली झण्डाले मेची र काली, हिमाल, पहाड र तराई अनि जातजाती बीच सधैँ समानता कायम गर्न सकोस् भन्ने आसय गीतमा व्यक्त गरिएको छ ।

रमेश दाहालको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत, रामकृष्ण ढकालको स्वरमा तयार भएको गीतमा मनोहर सुनामले सङ्गीत संयोजन र भोला पौडेलले ध्वनि सम्पादन गरेकाम छन् ।