कोरोनाको आशंकामा टेकु अस्पतालमा ४ जना भर्ना

कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना गरिएका एकजना चीन र तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली भएकाले अस्पतालले जनाएको छ । शनिबार र आइतबार गरेर चार जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले दिएको जानकारीअनुसार शनिबार एकजना अस्पताल भर्ना भएका थिए । उनी चीनबाट फर्किएका व्यक्ति हुन् ।

आइतबार कोरियाबाट आएका तीनजना भर्ना गरिएको छ । तीमध्ये बिहान दुईजना र अहिले बेलुकी एकजना भर्ना भएको उनले जनाए । त्यसैगरी क्वारेन्टाइनमा रहेका १७५ जनाको दोस्रोटक नमुना संकलन गरिएको छ । उनीहरुको रिपोर्ट सोमबार मात्रै आउने भएको छ