गम्भिर केसीको स्वरमा ‘रित्तो छु आज’ सार्वजनिक

काठमाडौं । ‘रित्तो छु आज’ वोलको पप गीत सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली सांगितिक दुनियामा नायाँ–नयाँ गीतहरु दिनप्रतिदिन सार्वजनिक हुँदै गईरहेको छ ।

त्यसै क्रममा ‘रित्तो छु आज’ पनि बजारमा आएको छ । गीत निकै मार्मि र सान्र्दभिक रहेकोछ । गीतमा गम्भिर केसीको स्वर रहेको छ । जसमा रजत रिजालको शब्द तथा संगीत रहेको छ ।

यस गीतलाई बुद्ध सायमीले संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । ‘रित्तो छु आज’ को निकै मार्मिक भिडियो पनि निर्माण भएको छ । जुन भिडियोलाई ‘श्री राज ईन्टरटेडमेन्ट प्रालि’ ले निर्माण गरेको हो । जसमा मोडल तथा निर्देशक राजिव वलामीको निर्देशन रहेको छ ।

भिडियोमा रजत रिजाल र शन्शीला तामाङको शसक्त अभिनय रहेको छ । ‘रित्तो छु आज’ को भिडियोलाई मिलन गुरुङले खिचेका हुन् भने निर्देशक राजिव वलामीले सम्पादन गरेका हुन् । उक्त ‘रित्तो छु आज’ को गीतलाई ‘श्री राज ईन्टरटेडमेन्ट प्रालि’को युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।