कोरोनाकै कारण नेकपाको प्रदेश १ को कार्यकर्ता प्रशिक्षण स्थगित

काठमाडौं । कोरोना भाइरसको त्रासले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।

झापाको विर्तामोडमा सोमबारका लागि तय गरिएको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम तत्काललाई स्थगित गरिएको नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।

कोरोनाको जोखिम उच्च भएको भन्दै सरकारले अपरझट आइतबारदेखि सभा सम्मेलन र भरसक जमघट नगर्न आह्वान गरेपछि तत्काललाई प्रशिक्षण कार्यक्रम स्थगित गरिएको उनको भनाई छ ।