प्रदेश १ मा भास्कर काफ्लेको अध्यक्षतामा ‘पुष्पलाल मित्रता केन्द्र’को कमिटी गठन

धरान– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका राजनीतिक नीति एवं दर्शनहरुको प्रचार–प्रसार गर्नेलगायतका विभिन्न उद्धेश्यहरु राखि स्थापना भएको ‘पुष्पलाल मित्रता केन्द्र’ले प्रदेश नम्बर १ मा कमिटी गठन गरेको छ ।

देशव्यापी रुपमा तीव्र रुपमा कमिटी गठन गरिरहेको केन्द्रले भाष्कर काफ्लेको अध्यक्षतामा आइतबार ३५ सदस्यीय कमिटी गठन गरेको हो ।

सुनसरीको इटहरीमा केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलाले कमिटीको उपाध्यक्षमा इन्द्र वुढाथोकी र सचिवमा मोतीराज सुनुवारलाई चयन गरेको छ । अध्यक्षको जिम्मेवारीमा चयन भएका भास्कर झापाको अर्जुनधारा निवासी हुन् । त्यसैगरि उपाध्यक्ष वुढाथोकी झापाको दमक र सचिव सुनुवार धरानका हुन् । नव गठित पुष्पलाल मित्रता केन्द्रमा १ नम्बर प्रदेशभरीका कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुलाई समेटिएको छ ।

केन्द्रका सदस्यहरुमा क्रमसः प्रदेशभरीका जिल्लाहरु भोजपुरबाट केवल राई र मेरीना राई । तेह्रथुमबाट विष्णुविक्रम सुव्वा,गणेश सेन,गोपाल दाहाल र सोम गौतम । ओखलढुङ्गाबाट शंकर कार्की र शंकर कटवाल । इलामबाट हिमाल किराती, ध्रुव श्रेष्ठ र मुना शर्मा । पाँचथरबाट उपेन्द्र दंगाल र गंगा चेम्जोङ । मोरङबाट वालेश्वर कामत,नारायणी भण्डारी र वद्री अर्याल । उदयपुरबाट ज्ञानेन्द्र श्रेष्ठ, केन्द्र राउत, गिता खड्का र झापाबाट इन्द्र वुढाथोकी, पुष्पराज पोख्रेल लगायत छन् । अन्यलाई पुनः केन्द्रको वैठकले थप गर्ने जनाइएको छ ।

केन्द्रका केन्द्रीय महासचिव रवीन कोईराला, संविधान सभा सदस्य रेवती भण्डारी, जयन्ती राईले कार्य सफलताको शुभकामना ब्याक्त गरेका थिए भने नव गठित कमिटीलाई मित्रता केन्द्रका उपाध्यक्ष यदुबंस झा, २ नम्बर प्रदेश कमिटी अध्यक्ष राजकुमार यादव लगायतले बधाई दिएका थिए ।