बीजेपी मन्त्रीकी छोरीको शाही विवाहः अहिलेसम्म एक लाख जनालाई निम्ता, ५ सय करोड खर्च

जति धेरै संख्यामा विवाहका लागि निमन्त्रण गरिन्छ यसबाट के थाह हुन्छ भने विवाह धुमधाम र भव्य हुँदैछ । त्यसो त भारतको कर्नाटक राज्यका नेताले आफ्नो शक्ति प्रदर्शन गर्ने कुरामा चर्चित रहेका छन् ।

पछिल्लो सयम कर्नाटकका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री बेल्लारी श्रीरामुलुको चर्चा रहेको छ । बेल्लारी श्रीरामुलुकी छोरीको विवाह पाँच मार्च अर्थात भोलि हुँदैछ र यो विवाहमा सहभागी हुनका लागि अहिलेसम्म एक लाख जनालाई निम्ता गरिसकिएको छ ।

यतिमात्र होइन । निमन्त्रणा कार्डमा केसर, अलैची, सिन्दुर, बेसार र अक्षता लगाइएको छ । बेल्लारी श्रीरामुलुकी छोरी रक्षिता र हैदरबादका उद्योगपति रवि कुरमाको विवाह भन्दा पहिला ९ दिनसम्म चलेको कार्यक्रमको शुरुवात २७ फेब्रुअरीमा उनको गृहजिल्ला बेल्लारीमा भएको थियो ।

करोडौं रुपैयाँ खर्च

बेंगलुरुका एक पाँचतारे होटलमा मेहन्दी कार्यक्रममा रक्षिताका साथी सहभागी भएका छन् र बुधवार विवाहको अघिको कार्यक्रम जारी छ । रक्षिताको विवाह भन्दा पहिलो यो विवाहको निकै ठूलो चर्चा मिडियामा भएको थियो र यो विवाहको तुलना पूर्व बीजेपी मन्त्री र अवैध उत्खनन आरोपको सामना गरेका जनार्दन रेड्डीकी छोरी ब्राह्मणीको विवाहसँग तुलना भएको थियो ।

अनाधिकारिक तथ्यांक अनुसार रेड्डी परिवारले उनको विवाहमा ५ सय करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । यो विवाहलाई पनि रेड्डी परिवारको विवाहसँग तुलना गरिएका कारण ५ सय करोड भन्दा धेरै खर्च हुने अनुमान गरिएको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।

जनार्दन रेड्डीले सधै करुणाकर रेड्डी र सोमशेखर रेड्डीपछि बेल्लारी श्रीरामुलुलाई तेस्रो भाइ मान्छन् । तर बेल्लारी श्रीरामुलु अनुसूचित जनताजिसँग सम्बन्ध राख्छन् । तर कर्नाटक को राजनीतिमा बेल्लारी श्रीरामुलुलाई सधै रेड्डी ब्रदर्स भनेर बोलाइने गरिएको छ ।

४० एकडमा फेलिएको विवाह स्थल बेंगलुरु प्यालेस ग्राउण्ड्सको २७ एकड हिस्सालाई विवाह, मनोरञ्जन तथा अन्य कार्यक्रमका लागि अलगअलग रुपमा तयार गरिएको छ । १५ एकड जमिनलाई पार्किङको लागि तयार गरिएको छ । वीरुपक्ष मन्दिर र अन्य मन्दिरलाई खास रुपमा डिजाइन गरिएको छ । सेटमा ३०० जना कलाकार रहेनछन् ।