भूमिमन्त्री अर्याल सवार विमान आकस्मिक अवतरण

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको यति एअरलाईन्सको विमान आकस्मिक अवतरण भएको छ ।

विहीवार विहान ८स्५० बजे काठमाडौंबाट पोखरालागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुन काठमाडौं फर्काइएको थियो । र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । विमानमा सवार सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ ।