कोरोना प्रभावः अमेरिकाका १९ राज्यमा २२८ जना संक्रमित, १४ को मृत्यु

संयुक्त राज्य । संयुक्त राज्य अमेरिकाका नोभेल कोरोना अर्थात् कोभिड १९ का कारण १४ जनाको मृत्यु भइसकेको छ भने २२८ जना संक्रमित भएका छन् ।

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार ४९ जना विदेशबाट ल्याइएकाहरुमा संक्रमण भएको जनाइएको छ । जसमा तीनजना चीनको वुहानबाट ल्याइएका हुन् भने ४६ जना जापानको प्रिन्सेस डाइमण्ड क्रुजबाट उद्धार गरिएका हुन् ।

१७९ जना भने अमेरिकामै रहेकाहरु संक्रमित भएको बताइएको छ । उनीहरुको स्थानीय प्रयोगशालमा जाँच गराउँदा कोरोना देखिएको र केन्द्रीय प्रयोगशालमा परीक्षण भइरहेको जनाइएको छ ।

संक्रमितमध्ये एरिजोनामा दुई जना, क्यालिफोर्नियामा एकजनाको मृत्यु ४९ संक्रमित, कोलोराडोमा दुई जना, फ्लोरिडामा चारजना, जर्जियामा दुईजना, इलियोनिसमा पाँच जना, म्यारिल्यान्डमा तीनजना, म्यासाचुसेट्‌समा तीनजना, नेभाडामा एकजना, न्यु ह्यामसायरमा दुईजना, न्यु जर्सीमा दुईजना, न्युयोर्कमा २२ जना, उत्तरी क्यालीफोर्नियामा एकजना, ओरेगनमा तीनजना, रोडे टापुमा दुईजना, टेनिसेमा एकजना, टेक्सासमा चारजना, वाशिङ्टनमा ७० जना र विस्कनसिनमा एकजना संक्रमित भएका छन् । सीएनएन