फरार रहेका ठेकेदार भेटवालद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् ।

भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए ।

‘प्रहरीले उनलाई खोजीरहेको थियो । मंगलबार बिहान उनी भारतबाट त्रिवि एयरपोर्ट हुदै प्रहरी परिसर टेकुआएका हुन्’, महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ताडीएसपी होविन्द्र बोगटीले बताए ।

डीएसपी बोगटीका अनुसार भेटवालमाथि७५ लाख १० हजार चेक वाउन्सको उजुरी परेको छ ।

प्रवक्ता बोगटीका अनुसार भेटवाललाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर मंगलबारै अदालतमा म्यादथप्ने तयारी भइरहेको छ ।