भारतमा कोरोनाबाट एक जनाको मृत्यु, संक्रमितको संख्या ७३ जना पुग्यो

नयाँ दिल्ली । भारतमा नोभेल कोरोना अर्थात कोभिड १९ बाट संक्रमित हुनेको संख्या ७३ पुगेको छ । त्यसैगरी भारतको कर्नाटकमा बुधबार राति कोरोना संक्रमणकै कारण एक ६९ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ७३ पुगेको पुष्टि गरेको हो ।

कोरोना भाइरसबाट दिल्लीमा ६ जना, हरियाणामा १४ जना, केरलामा १७ जना, राजस्थानमा तीन जना, तेलंगानामा एकजना, उत्तर प्रदेशमा ११ जना, लद्दाखमा तीनजना, तमिल नाडुमा एकजना, जम्मुकाश्‍मीरमा एकजना, पञ्‍जाबमा एकजना, कर्नाटकमा चारजना र महाराष्ट्रमा ११ जना संक्रमित भएका छन् ।

संक्रमित भएकामध्ये ५६ जना भारतीय र अन्य १७ जना विभिन्‍न मुलुकका नागरिक भएको बताइएको छ ।

भारतका विभिन्‍न विमानस्थलमा १० लाख ५७ हजार ५०६ जनालाई कोरोना स्क्रिनिङ गरिएको बताइएको छ ।