गीतकार डा डीआर उपाध्यायको १२ भाषाको एउटै गीत सार्वजनिक

काठमाडौं । कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच बरिष्ठ संगीतकार सिलाबाहादुर मोक्तान, विश्वभाषा क्याम्पस अंग्रेजी विभाग प्रमुख सुशिल भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, एरेञ्ज देवेन्द्र नेवाः, प्रकाश मिश्र, युथ क्रियशनका अध्यक्ष रमेश थापा, पुस्कर नेपाल, सञ्चारकर्मी देवेन्द्र बोहोरा लगायतले सामुहिक सार्वजनिक गरेका थिए ।

गीत नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेन, इटलियन, जर्मन र थाई गरि १२ भाषामा रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।

नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा।डीआर उपाध्याय र अन्य भाषामा प्रकाश तिमिल्सिनाले स्वर भरेका छन् । सबै गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

कार्यक्रममा बरिष्ठ संगीकाकार शिलाबहादुर मोक्तानले सधैँ नयाँ–नयाँ र फरक काम गर्न रुचाउँने डा।डीआर उपाध्यायको यो ‘मायाको सागर’ एल्बम पनि विशेष रहेको बताए ।

गीत लेखेर १४ विश्व रेकर्ड बनाएका डा उपाध्याय नेपालमा आयोजना हुने विभिन्न पुरस्कारबाट पनि सम्मानित भएका छन् ।