दुई पटक यौन सम्बन्ध राखेर पैसा नदिएको भन्दै यौनकर्मीको उजुरी

हामीले रोल्पाको नुवागाँउको बाह्रकुन्टेको बाटो काटी सक्दा बाटोमा एउटा जवान केटीसगँ भेट भयो । उनले अचम्मको उजुरी गरिन् , उनले यसरी उजुरी व्यक्त गरिन्, सर ! मलाई…..ले ( स्थानीय एक युवाले ) दुई पटक यौन सम्पर्क राखेर पैसा दिएन , दिलाई दिनु पर्यो ।
अनयासै यस्तो उजुरीले हामी अक्क न बक्क भयौँ । रिसायौं । गाली पनि गर्यौं । तर मुद्धा भने पन्छाउन सकिने स्थिति थिएन । मुद्धा नसुन्दा माओवादीले केही गर्न नसकेको प्रचार हुने सुनौं अनावस्यक झन्झटमा फसिने । अन्ततः मुद्धा सुनियो उनको बयान पनि लिईयो ।
ती केटीको बारेमा बुझ्दा तीनी त्यहीँकी बादीकी छोरी रहिछन् । छिमेकी जिल्ला सल्यानमा बिहे गरेकी रहिछन् । बाध्यताले गर्दा पुरुषहरु माछा मारेर बेच्ने र महिलाहरु देह बेच्ने गर्दा रहेछन् ।
केही समय पछि योजना बनाएर आरोपित युवकलाई साथीहरुले गिराफ्तार गर्नु भयो । बयान पनि लिनु भयो । केहीबेरको केरकार पछि कुरो साँचो ठहरियो । तर केस कसरी हल गर्ने ? विषय गंभीर थियो । त्यस्तो मुद्धा हल गरेको नजिर पनि हामीसगँ थिएन । त्यसपछि हामीबीच छलफल भयो , बेस्यालाई पैसा दिलाउदा सामाजिक विकृतिलाई प्रोत्साहन गरे जस्तो, नदिलाँउ केटाले केटीलाई शोषण गरेको अन्याय हुने । सामाजिक मर्यादा एक ठाँउमा भए पनि खाने कुराको अभाव र दीनहिनताको अभावमा केटीको बाध्यता पनि थियो । सही समाधान दिने स्थिति हाम्रो भएन ।
साथीहरुले शुरुमा केटीलाई श्रीमति बना भनेर केटालाई दवाव दिनु भयो तर केटोले मानेन । त्यसो भए पछि हामीले आम गाँउका जनतालाई भेला गरेर परामर्श लिएर केटाले केटीलाई अंश दिनु पर्ने र त्यसलाई नगदीकरण गर्ने । केटी त्यो अंशको नगद लिएर गए पछि जिल्ला फर्कन नपाउने , फर्किएमा भौतिक कार्बाही गर्ने , केटाले जनताको बीचमा पश्चाताप गर्ने र आगामी दिनमा फेरी त्यस्तो गरे शसक्त कार्बाही गर्ने । त्यसरी यो मुद्धा तत्कालका लागि हल गरियो ।
राजनीतिक जीवन सबै भन्दा विविध अनूभूतिले भरिएको हुँदो रहेछ । समाजको जटिल मुद्धादेखि घिनलाग्दा मुद्धाहरु समेत हल गर्नु पर्ने रहेछ । त्यस्तै प्रसंगको सम्झना आउछ – बेश्याको मुद्धा ।
–जनमुक्ति सेनाका पूर्व योद्धा श्याम कुमार बुढामगर (चिन्तन)द्धारा लिखित ती आधीँमय दिनहरु नामक संस्मरणात्मक पुस्तकबाट