कोरोना त्रासः फेसबुकले आफ्ना कर्मचारीलाई घरमै अफिस सेटअप गर्न एक हजार डलर बोनस बाँड्‍दै

सामाजिक सञ्‍चाल प्लेटफर्म फेसबुकले कोरोना भाइरसका समयमा आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस सहयोग गर्ने भएको छ ।

फेसबुकले कोरोना भाइरसको त्रासका कारण घरमै बसेर काम गर्न कर्मचारीलाई आग्रह गरेसँगै हरेक कर्मचारीलाई घरमै अफिस सेटअप गर्न र बालबालिकाको हेरचाहमा सहयोग पुगोस् भन्‍ने उद्देश्यले बोनस सहयोग गर्न लागेको सीएनएन बिजनेसलाई बताएको छ ।

यो समाचार पहिलो पटक फेसबुकका सीईओ मार्क जुकरवर्गलाई उदृत गर्दै दी इन्फरमेसनले लेखेको थियो । विश्वभर फेसबुकका ४५ हजार कर्मचारी छन् ।

फेसबुकका अनुसार एक हजार अमेरिकी डलर बोनस रकम कम्पनीका पूर्णकालीन कर्मचारीहरुलाई मात्र उपलब्ध गराइने बताइएको छ । कम्पनीले यसअघि घण्टाका आधारमा काम गर्ने कर्मचारीहरुलाई पनि नियमित पाउँदै आएको निरन्तर रकम उपलब्ध गराउने बताएको थियो ।

फेसबुकका सीओओ शेर्यल सान्डबर्गले ३० मुलुकमा कोरोना प्रभावित साना व्यवसायीलाई राहतस्वरुप १०० अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका छन् । ( सीएनएन