हास्यकलाकार ‘तक्मे बुढा’ सवार गाडी दुर्घटनामा

काठमाडौं (पास)– हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) सवार गाडी दुर्घटनामा परेको छ । सोमवार मोरङको ‘मधुमल्ला महोत्सव’ सकेर बिर्तामोड फर्किँदै गर्दा मध्यराती १२ बजे ‘आई १०’ कार दुर्घटनामा परेको हो ।

निर्माता तथा कलाकार राजेश घतानीका अनुसार, कुकुरलाई बचाउन खोज्दा गाडी दुर्घटना भएको हो । बा १७ च ९१०२ नम्बरको गाडीमा विल्सनसहित फिल्म ‘फुर्के नं. १’ का कलाकारहरु बिशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई पनि सवार थिए । दुर्घटनामा गाडी बाहेक अरु कसैलाई पनि धेरै क्षती भएको छैन ।

गाडी भने पूरै पल्टिएको छ । विल्सन आफैंले कार चलाएका थिए ।