चैत्र मसान्तसम्म ऋणिबाट सावा ब्याज नअसुल्न बैङ्क तथा वित्तीय संस्थाहरुलाई सरकारको निर्देशन

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले चैत्र मसान्तसम्म ऋणिबाट कर्जाको सावा ब्याज दुबै असुल नगर्न निर्देशन दिएका हुन् ।

नेपाल लकडाउनमा जाँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको भन्दै सरकारले बैंकहरुलाई ऋणिबाट सावा ब्याज चैत्र मसान्तसम्म असुल नगर्न निर्देशन दिएको हो ।

सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाका कारण आर्थिक गतिविधि नै ठप्प भएकाले व्यवसायहरुबाट कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रावह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

ब्यावसायीहरुले कर्जाको किस्ता रकमको समयावधि सार्न माग गरिरहेका बेला सरकारले यस्तो निर्देशन दिएको हो । सरकारको उक्त निर्णले बैंकबाट ऋण लिएका सबै ऋणिहरुलाई राहत भएको छ ।