पाकिस्तानमा तीन पत्रकारलाई कोरोना संक्रमण

इस्लामाबाद । पाकिस्तानमा तीनजना पत्रकारलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको छ ।

पाकिस्तानका दुई निजी सञ्‍चारमाध्यमका तीनजना पत्रकारलाई कोरोना संक्रमण भएको पाकिस्तान टुडेले जनाएको छ । उनीहरुको नाम भने गोप्य राखिएको जनाइएको छ । उनीहरु पाकिस्तानको लाहोरमा रहेर काम गर्थे ।

टीभी च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, “हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौं । उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौं । हामी यसबारेमा तयारीका साथ लागेका छौ ।”

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन् ।